मुख्य समाचार

महोत्तरी ६२वटा स्वास्थयचाैकि थपिदै

सिन्धुली पाैष२२गते

नेपाल सरकारको एक वडा एक स्वास्थ्यचौकी योजनाअन्तर्गत महोत्तरीका स्वास्थ्य सेवाको पहुँच नपुगेका ६२ वडामा स्वास्थ्यचौकी स्थापना हुने भएको छ । महोत्तरीकै क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका केन्द्रीय स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चौकी स्थापनापछि अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु हुने बिरामीको संख्या घट्ने बताए । ‘उपचारकै अभावमा कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले नेपाल सरकारले यो योजना ल्याएको हो,’ उनले भने । 

जिल्लामा ७० स्वास्थ्यचौकी २ अस्पताल र ५ प्राथमिक स्वास्थ्य केन्द्र (पिएससी) मात्र रहेकोमा सोहीले जिल्लाको ६ लाख ६७ हजार ५८० जनसंख्याको स्वास्थ्योपचार धानेको थियो । एक हेल्थ पोस्टमा हेल्थ असिस्टेन्ट १, अहेब ३, अनमी २ र कार्यालय सहयोगी १ को व्यवस्था रहेको छ ।   यता स्वास्थ्य मन्त्रालयले स्थापना हुन लागेका हेल्थपोस्टमध्ये औरही नगरपालिकाको वडा नम्बर ३ र ४, बल्वा नगरपालिकाको वडा नम्बर ८, मनरा सिस्वा नगरपालिकाको वडा नम्बर २ र ७,रामगोपालपुर नगरपालिकाको वडा नम्बर ७, सम्सी गाउँपालिकाको वडा नम्बर १ र सोन्मा गाउँपालिकाको वडा नम्बर ४ र ७ लाई टाइप एक मा राख्दै ६३ लाख ४६ हजार ६३० रकम विनियोजन गरेको छ ।

यस वडाहरूमा बर्थिङ सेन्टरसहितको हेल्थपोस्ट सञ्चालन हुने छ भने बाकि अन्यको लागि ३८ लाख ८६ हजार ९२० रकम छुट्याएको हो । राज्यमन्त्री यादवले महोत्तरीका हाल सञ्चालनमा रहेको पाँच पिएससी गौशाला, सम्सी, रामगोपालपुर, लोहारपट्टी र पिपराको स्तरोन्नति गर्दै अस्पतालमा परिणत गर्नेसमेत बताए । हालै निर्माण हुन लागेको वार्ड हेल्थपोस्ट र प्राथमिक अस्पताल स्थानीय तहको मातहतमा हुनेछ भने द्वितीय श्रेणीको अस्पताल (जिल्ला अस्पताल) प्रदेश सरकारको मातहतमा हुने बताए ।

No comments