नेपाल वायुसेवा निगम काे महाप्रबन्धक लाई कार्यालय मै कालाे माेसाे दले
सिन्धुली पाैष २०:
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमै कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका दुई कार्यकर्ताले कार्यकक्षमै पुगेर आज अपरान्ह कंसाकारलाई कालोमोसो दलेका हुन् ।
यूवा लिगले भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत नै कंसाकारलाई सांकेतिक कारबाही गरिएको जनाएको छ । ‘वाइडबडी’ खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारिस गरेको थियो ।
उता, कंसाकारले भने मागेका पाँच लाख रुपैयाँ नदिएपछि आफूमाथि मसी छर्किएको दावी गर्नुभएको छ । पार्टीको कार्यक्रमका लागि पाँच लाख रुपैयाँ चाहियो भन्दै दुईजना कार्यकक्षमा आएको र आफूले पाँच हजार मात्रै दिन सक्ने बताएपछि उनीहरु कालो मसी छर्किएर भागेको कंसाकारको भनाइ छ ।


No comments