मुख्य समाचार

भारती गाेलभेडा भित्रीय पछि सर्लाही का किसान प्रतिक्यारेट १५०मा बेच्न बाध्य

सिन्धुली फागुन ९गते
गोलभेंडाले भाउ नपाएपछि गोलभेंडाका लागि पकेट क्षेत्र मानिएका सर्लाहीका किसान अहिले चिन्तित बनेका छन् । मूल्य नपाएपछि अहिले किसानलाई लागत उठाउनसमेत हम्मेहम्मे परेको छ । मूल्य नपाएपछि रोपाईं, गोडमेल, ढुुवानी, औषधि खर्चसमेत उठाउन नसकिने किसानले बताउँदै आएका छन् । अनियमित तरिकाले भारतीय गोलभेंडा देशमा भिœयाएर किसानलाई राज्यले मार्ने काम गरेको किसानले आरोप लगाएका छन् । जिल्लाको उत्तरी भेगका सर्वसाधारणको जीवनको आधार बनेको गोलभेंडा खेती भारतीय गोलभेंडाका कारण धरापमा पर्ने खतरा रहेको किसानको ठम्याइ छ । यस्तै अवस्था रहयो भने गोलभेंडा खेतीले किसानलाई ऋणमा डुुबाउने उनीहरूले बताए । हरिवन–२ अत्रौलीका शितल महतोले भारतीय गोलभेंडा आयात भएपछि यसपाली लगानी उठाउन नसकेको गुुनासो गरे । प्रतिक्यारेट गोलभेंडा अहिले एक सयदेखि एक सय ५० सम्म बेच्नुपर्ने बाध्यता छ । खेतमा सड्नका लागि छोड्नुभन्दा केही पैसा भए पनि बाध्य भएर बजारमा सस्तोमा बेच्नुुपरेको शितलको गुुनासो छ । अहिले मजदुर खर्च, ढुुवानी खर्च, औषधि खर्च सबै महँगो छ । तर, आफूले उत्पादन गरेको गोलभेंडा सस्तोमा बेच्नुपरेको छ । ‘यस्तै अवस्था रहयो भने अर्को वर्षदेखि किसान गोलभेंडा खेती गर्न छोड्छन्’, शितलले भने, ‘खेत बाँझो राख्छुु । तर, गोलभेंडा खेती गर्दिनँ ।’ २० वर्षदेखि गोलभेंडा खेती गर्दै आएको छुु । तर, यस्तो अवस्था कहिले आएको थिएन । यस वर्ष उखुुखेतीको हालत पनि त्यस्तै छ । नगदबालीको रूपमा चिनिएका गोलभेंडा र उखुुखेतीले यस वर्ष किसानको टाँट पल्टाउने काम गरेको छ ।
लालबन्दी बजार मा बेच्न राखेकाे गाेल भेडा 

No comments