मुख्य समाचार

काठमाडौ मा तत्काल एक दर्जन पेट्रोल पम्प हटाउने तयारी कुन कुन परे नाम हेर्नुस्


सिन्धुली फागुन १४गते
ट्राफिक जाम बढाएको भन्दै काठमाडौं महानगरपालिकाले १५ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले « पेट्रोल पम्प सञ्चालनका निम्ति नयाँ मापदण्ड ल्याएको अवस्थामा सडककै छेउमा प्रशस्त पार्किङ स्थान नभएको पेट्रोल पम्प हटाउन महानगरले प्रक्रिया शुरु गरेको हो । महानगरले हटाउने सूचीमा राख्दै प्रक्रिया शुरु गरेका 


हटाउने पेट्रोल पम्पहरू काे नाम हेर्नुस् 

 कलंकीका बाबा, श्यामा र त्रिशूल पेट्रोलपम्प, सोल्टीमोडको सीता पेट्रोलपम्प, टेकुको कनक पेट्रोलपम्प, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, पेट्रोलपम्प रहेका छन् । त्यस्तै जडीबुटीको कामाख्या पेट्रोलपम्प, गैरीगाउँको भ्याली रिकेस पेट्रोलपम्प, जोरपाटीका जुबी र बराल पेट्रोलपम्प, दमकलचोकको एचपी इन्टरनेसनल इन्क, एकान्तकुनाको गायत्री पेट्रोलपम्प, महाराजगन्जको सीता पेट्रोल पम्प बालाजुको कोतधुकु पेट्रोल पम्पलाई तत्काल हटाउने तयारी भएको काठमाडौं महागरपालिकाले जनाएको छ ।

No comments