सुत्केरी विरामि लाई हेलिकप्टर बाट उद्घार
सिन्धुली फागुन ८गते
२ दिनसम्म साल पाठेघरमै अड्किएर सिकिस्त भएकी सुत्केरीलाई बुधबार बाजुराबाट हेलिकोप्टरमा उद्धार गरी काठमाडौंको प्रसूति गृहमा पुर्याइएको छ । उद्धार गरिएकी २२ वर्षीया अन्जना बोहरा गौमुल गाउँपालिका–१ अन्द्राणी बाजुराकी बासिन्दा हुन् । साल नझरेर अत्यधिक रक्तश्राव भएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको गाउँपालिकाका अध्यक्ष हरि रोकायाले बताएका छन् । अभिभावकले रक्तश्रावपछि सिकिस्त बोहरालाई पिठ्युमा बोकेर २ दिन टाढा रहेको जिल्ला सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालसमेत लैजान सकेका थिएनन् । बच्चाको अवस्था भने सामान्य रहेको परिवारले जनाएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले भने, ‘सुत्केरी भएपछि २ दिनसम्म रक्तश्राप भएकी बोहरालाई काठमाडौं लगिएको छ’ हेलिकप्टर सदरमुकाम मार्तडी अन्द्राडी पुगेर सुत्केरी लिएर सुर्खेत हुँदै काठमाडौं गएको हो । ‘सुत्केरी रगत धेरै बगेको छ, २ दिनसम्म सिकिस्त भइन्’ आफन्त रामबहादुर बोहराले भने, ‘हामी निरास थियौं ।’ गाउँबाट अस्पताल पुग्न जान २ दिन लाग्ने बोहराले बताए । अघिल्लो महिना पनि बाजुराकै काँडा स्वास्थ्य चौकीमा ४ दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले हेलिकोप्टरबाट उद्धार गरेको थियो ।



No comments