राजधानी सहित एकै दिन एनसेल टावर मा अागजनि र बिस्फोट
सिन्धुली फागुन ११गते
एकै रातमा दर्जनभन्दा बढी एनसेल टावरमा विस्फोट र आगजनी भएको छ । ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशमा विभिन्न स्थानमा रहेका एनसेल टावरमा विस्फोट र आजगनी गरेको हो ।
कहाँ-कहाँ भयाे विस्फोट र आगजनी हेर्नुस्
काभ्रे काठमाडौँ नजिकैको काभ्रेकाे कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको छ । क्षतिको विस्तृत विवरण आइसकेको छैन । पाेखरा शुक्रबार राति पाेखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ । प्रहरीकाे अनुसार टावर जलेर नष्ट भएको छ । रौतहट रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । निरीक्षक रमेशदत्त अवस्थीका अनुसार आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ । बागलुङ शुक्रबार राति नै बागलुङमा रहेका तीन एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो ।
कपिलवस्तु कपिलवस्तुको वाणगङ्गा नगरपालिका–११ मईनारामा रहेको एनसेल कम्पनीको टावरमा आगजनी भएको छ । गए राति करीब १० बजेको समयमा भएको घटनापछि प्रहरीले दमकल लगेर आगो निभाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । रुपन्देही रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।




No comments