सर्लाही काे पत्थरकाेट बाट लुकाइ राखेकाे काठ प्रहरी बाट परामद
सिन्धुली फागुन १५गते
सर्लाहीको लालबन्दी नगरपालिका–११, पत्थरकोट सेतीभीरबाट ठूलो परिमाणमा अवैद्य काठ बरामद भएको छ । चुरेक्षेत्रमा पर्ने सेतीभीरस्थित बाउनी खोला किनारमा लुकाएर राखिएको सखुवाका तीन ट्याक्टर चिरान र केही थान गोलिया काठ बरामद भएको हो । खोलामा काठ लुकाएर राखिएको छ भन्ने स्थानीय र प्रहरीको सूचनाका आधारमा गएराती मध्यरातमा त्यहाँ पुगेर एक सय ९४ दशमलव ८० क्यूबीफिट काठ बरामदगरी ल्याइएको लालबन्दी नगरपालिका–६ स्थित सेक्टर वन कार्यालय फूलजोरले जनाएको छ ।
बरामद गरिएका काठमा सखुवाका खामो, बलो, धरिन, कोरा, पटा, ढोका तथा झ्यालका पल्ला, चौकस र तयारी अवस्थाका भ¥याङ रहेका छन् । नजिकैका वन क्षेत्रबाट चोरीगरी तस्करीका लागि काठ चिरान गरेर राखिएको हुनसक्ने डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले बताउनुभयो । नियमित अनुगमन नुहँदा सर्लाहीको पूर्व–पश्चिम राजमार्ग र चुरेक्षेत्रका सामुदायिक तथा साझेदारी वनबाट काठ तस्करी हुने गरेको छ । काठ तस्करी गर्न उत्तरी भेगमा गिरोह नै सक्रिय रहेको स्थानीयहरु बताउँछन् । बढ्दो काठ तस्करीका कारण केही वर्षअघिसम्म घना रहेका जिल्लाका वन क्षेत्र उजाड बन्दै गएका छन् ।




No comments