मुख्य समाचार

संस्कृती पर्यटन मन्त्री रवीन्द्र अधिकार सहित हेलिकप्टर दुर्घटनामा सात काे मृत्यु ।


सिन्धुली फागुन १५गते 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर एच वान २५ ताप्लेजुङ दुर्घटना परेको थियो । दुर्घटना स्थलमा ६ जनाको लास देखिएको प्रहरी हवलदार वेदकुमार अर्याललले घटना स्थलबाट जानकारी दिनुभयो । यद्यपी लास कस्को हो भन्ने सनाखत हुन सकेको छैन ।

 हेलिकोप्टरका सबै भाग जलेर ध्वस्त भएको तर इन्धन भण्डार गर्ने भागमात्र बाँकी रहेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन्।उद्धारको लागि गएको सुरक्षाकर्मीको टोली पुग्न सकिरहेको छैन । केहीबेर अघि सम्म पनि हेलिकप्टरको टुक्रामा आगो लागि रहेको जानकारी आएको छ । त्रिभुवन विमान स्थलका प्रवक्ताको अनुसार अन्तिम संवादमा धेरै हिउ परिरहेको छ म हेलिकोप्टर उडाउन असमर्थ छु भन्नु भएको थियो

No comments