विहिवार साेक मा सार्बजनिक विदा
सिन्धुली फागुन १५गते
मन्त्रीपरिषद्को बैठकले हेलिकप्टर दुर्घटनामा परी दिबंगत भएका संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।साथै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । दुर्घटनाको समाचार लगत्तै प्रधानमन्त्रीको निर्देशनमा बोलाइएको आकस्मीक बैठकले उक्त निर्णय पारित गरेको हो ।
सरकारले अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको बताएको छ ।त्यस्तै निर्णयमा नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ भनिएको छ । ताप्लेजुङको चुहानडाँडामा विमानस्थल सम्भाब्यता अध्ययनका लागि पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।




No comments