मुख्य समाचार

श्रीमती बलात्कार गरेकाे अभियाेग मा श्रीमान लाई ३बर्ष जेल सजाय

सिन्धुली चैत १३गते 

एक श्रीमानले श्रीमतीलाइलाई बलात्कार गरेको अभियोगमा उदयपुर जिल्ला अदालतले तीन बर्ष कैद सजायको फैसला गरेको छ । मुलुकी ऐन जबर्जस्ती करणीको महल ३ (६) मुलुकी अपराधऐन२०७४ को २१९ कोउपदफा ४ मा ब्यबस्था भय बमोजीम ३बर्ष कैदको फैसला जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माको इजलासले ४५ बर्षिय एक जनालाई सुनाएको हो । 

३८ बर्षीया पत्नीलाई इच्छा विरुद्ध करणी गरेको कसुर ठहर गरेको हो । २०७५ साल साउन २१ गते आफ्नी श्रीमतीको ईच्छा विरुद्ध पटक पटक करणी गरेको र ७ बर्षीया छोरीलाई समेत यौन दुर्व्यवहर गरेको भन्दै २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यलय उदयपुरमा जाहेरी परेको थियो । आरोपितलाई प्रहरीले ५ गते नै पक्राउ परी अनुसन्धान थालेको थियो । आमा–छोरी दुबैलाइ स्वास्थ्य परिक्षण गरेको थियो । 


कसुरदारलाइलाई भदौ ३१ गते नै पुर्पक्षका लागि थुनामा राख्ने निर्णय दिएको थियो । छोरीको बिषयमा भने सफाइ पाएका छन् । बैबाहिक बलात्कारमा ५ बर्षसम्म जेल सजायको कानुनी ब्यबस्था रहेको छ । यो पहिलो फैसला भएपनि यो प्रकृतिका दुई मुद्दा रहेको श्रेस्तदारले बताए । सम्बन्धीत घट्नाका व्यक्तिहरुको नाम भने गोप्य राखिएको छ । 

No comments