मुख्य समाचार

सिन्धुली तिनपाटन ले विकास काे गति लिदै


सिन्धुली जेठ १० गते 
सिन्धुलीको लाम्पान्टार तीनपाटन क्षेत्रलाई गाउंपालिका घोषणा गरेपछि स्थानीय तहमा पूर्वाधार विकासको कामले गति लिएको छ । सदरमुकाम सिन्धुलीमाडीबाट करिब ४० किलोमिटर पूर्वमा पर्ने उक्त गाउंपालिकाले शिक्षा,स्वास्थ्य र पूर्वाधार विकासलाई महत्व दिँदै कार्यक्रमहरु संचालन गरिरहेको छ । 


 गाउंपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपछि मातृशिशु मृत्युदरमा कमी आएको छ । गाउंपालिकामा साक्षरता प्रतिशतमा समेत सुधार हुंदै गएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । गाउंपालिका क्षेत्रका लाम्पान्टार,बेलघारी, भीमस्थानलगायतका स्थानमा विकासका सम्भावनाहरु बढेसंगै बस्ती विस्तार समेत बढेको छ । बस्ती विस्तारका कारण खेतीयोग्य जमिन भने घर घडेरीमा परिणत हुन थालेका छन् ।

No comments