मुख्य समाचार

अछाम मा प्रहरी र बिप्लप कर्याकर्ता विच गाेलिहानाहा

सिन्धुली चैत १२गते
नेक्रविक्रम चन्द नेतृत्वको नेकपा समूह र प्रहरीबीच अछामको रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा दोहोरो गोली चलेको छ । रामारोशनमा विप्लव कार्यकर्ता भएको जानकारी पाएपछि गएको प्रहरी गस्तिमाथि विप्लव कार्यकर्ताले पहिले फायर गरेको प्रहरीले बताएको छ ।  ‘प्रहरी टोलीलाई देखेपछि विप्लव कार्यकताले फायर खोले।
साङ्केतिक तस्बिर 

 त्यसपछि प्रहरीले पनि जवाफ फर्काएको हो।  प्रहरी प्रमुख डिएसपी जनक शाहीले भने, ‘केहीलाई पक्राउ पनि गरेका छौं।’  सूचनाको आधारमा विप्लव कार्यकर्तालाई पक्राउ गर्न जाने बेला जम्काभेट भएपछि मंगलबार दिउँसो १२ बजे दोहोरो भिडन्त भएको प्रहरीले बताएको छ। यता विप्लव निकट एक नेताका अनुसार प्रहरीले आफूलाई तर्साउन खोजेपछि बाध्य भएर फायरीङ गर्नुपरेको बताएका छन्। 


‘हामी आफ्नै तरिकाले बसेको बेला प्रहरीले हमीमाथि दमन गर्न खोज्यो। पहिले फायर प्रहरीले नै खोलेको हो,’ विप्लव निकट ती नेताले भने, ‘भिडन्तमा हाम्रो अछाम इन्चार्ज सामान्य घाइते हुनुभएको छ।’ अहिले दोहोरो भिडन्त भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारएिको छ। चन्द समूह लुकेर बसेको शंकाका आधारमा प्रहरीले केही दिन अघिदेखी नै उनिहरुको खोजी गरिरहेको थियो। साथै जिल्ला भर सुरक्षा व्यवस्था कडा पारीएको प्रहरीले जनाएको छ।

No comments