मदन भण्डारी राष्ट्रिय राजमार्ग काे हरिहरपुरगढि र उदयपुर काे केही भाग कालाेपत्रे हुदै
सिन्धुली फागुन २२गते
धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने ‘मदन भण्डारी बैकल्पिक लोकमार्ग’को कालोपत्रे काम धमाधम भईरहेको छ।कालाेपत्रे काम अहिले हेटौंडा काे फापर वारि साईड केहिपहिले नै कालाेपत्रे भईसके काे छ मकवानपुर काे केही भाग कालाे पत्रे भयकाे छ भने सिन्धुली काे हरिहरपुरगाउँ पालिका काे काे वडा ४र ५ काे केही भाग पनि कालाे पत्रे भयकाे छ अहिले मरिण देखि खटार सम्म बाटाे फराकिलो पार्ने र नाला बाल ग्राविल गर्ने काम भई राखे काे छ।
![]() |
| सिन्धुली काे हरिहरपुर गाउँ पालिकाे मा गरेकाे कालाे पत्रे |
भने पुर्बी उदयपुर काे सुरुमा सदरमुकाम गाईघाट आसपासमा थालिएको कालोपत्रे एक महिनामा ७ किलोमिटर सकिएको छ। गाईघाट–चुहाडे खण्डमा बाँकी १ किलोमिटर आउँदो साताभित्र सकेपछि गाईघाटदेखि पूर्वतर्फको खण्डमा कालोपत्रे गर्ने तयारी भईरहेको छ। १ महिनामा ७ किलोमिटर, असारभित्र ५० किमि पिच हुने सुरुवाती चरणमा गाईघाट–चुहाडे खण्डको प्राथमिक आँखा उपचार केन्द्रदेखि त्रियुगा नगरपालिका ९ को राजाबाससम्म र कालीखोलादेखि चुहाडेचोकसम्म गरी २ खण्डमा थालिएको कालोपत्रे राजाबाससम्म सकिएको छ।
![]() |
| उदयपुर खण्ड मा गरेकाे कालाे पत्रे |
भने बीचको सरस्वति खोला र शाही खोला वरपरको झण्डै १ किलोमिटर दूरीमा गर्न बाँकी छ। दुवै खोलामा पक्की मोटरेबल पुल निर्माणाधिन भएकाले कालोपत्रे हुन रोकिएको लोकमार्ग परियोजना कार्यालय गाईघाटले जनाएको छ। कार्यालयका प्रमुख इन्जिनियर (डिई) ललिजङ खनालका अनुसार गाईघाट–राजाबास खण्ड र कालीखोला–चुहाडे खण्डको काम सकिएलगत्तै गाईघाटभन्दा पूर्वतर्फको खण्डमा कालोपत्रेको काम सुरु गरिने छ।






No comments