साउन ७गते मंगलबार काे राशिफल हेर्नुस्
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अप्रिय समाचारले दुखी तुल्याउँला । अध्ययनमा बाधा छ । व्यापार व्यवसाय र रोजगारीको क्षेत्रमा पनि सोचेअनुसार फाइदा लिन गाह्रो छ । समयमा होश नपुग्दा खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरुले फसाउन सक्नेछन् ।
शुभचिन्तकहरुको सुझावलाई वेवस्ता गर्दा दुःख पाइएला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरुका लागि फाइदाको समय छ । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धनमाल हराउने र झमेला आउने सम्भावना पनि छ ।
वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
अवसरलाई चिनेर अघि बढ्दा पफाइदाको समय छ । आजको दिन उत्सावर्धक रहेको छ । ठूलाबडाको सहयोग प्राप्त हुनेछ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधान जुट्नेछ । गरेका कामहरुले फाइदा दिलाउनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नु पर्ने रकम हात पर्नेछ । पितृ धनको सही उपयोग हुनेछ । अध्ययनमा प्रगति हुनेछ । दाम, नाम र इनाम हात पार्ने समय छ । दिगो फाइदा हुने काम प्राप्त हुनेछ । परिवारमा आत्मियता बढ्नेछ
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोजगारी र व्यापार व्यवसायबाट प्रशस्त फाइदा छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष फाइदा लिन सकिनेछ । व्यापारमा फाइदा छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । साथीभाइको हिम्मतले काम गरेका काम सफल हुनेछ ।
लामो समयदेखिको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । कर्मको प्रतिफल प्राप्त हुनेछ । मिहेनत र परिश्रमको बलमा महत्वपूर्ण काम बन्नसक्छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ ।
कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
मनमा डर त्रास हुने भएको कारण दिक्क लाग्दो समय छ । तर परिश्रम र मेहनत गरेमा अन्त्यमा खुशीको वातावरण बन्नेछ । दिनचर्या निकै व्यस्त हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ ।
सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । नयाँ जिम्मेवारीले भविष्यमा सकारात्मक परिणाम दिने छ। तर कुनै किसिमको नेतृत्व वहन नगरेको राम्रो हुन्छ । धार्मिक तथा परोपकारीजन्य कामबाट प्रतिष्ठा मिल्न सक्छ । अनावश्यक कुराकानीमा समय विताउनु राम्रो हुँदैन।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)
काम विग्रने भयले सताउला । बन्न लागेको काम विग्रन सक्छ । लगानी, दौडधूप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । नयाँ काममा हात हाल्दा केहि समय पर्खनु राम्रो मानिन्छ ।
गरिआएका कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेछन् । गोपनीयता अपनाउनुहोला । सवारीमा सावधानी अपनाउनु होला । लेनदेनको विवादमा परिनेछ । स्वस्थ्य कमजोर रहनेछ । भिडभाडमा धनमाल हराउन सक्छ ।
कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)
मन कल्पाना र भावनामा रुमल्लिने समय छ । तर पनि आज आँटेको र सोचेको काम बन्नेछ । विभिन्न अवसरहरु प्राप्त हुनेछन् । सुन्दर पहिरनले अरुलाई आकर्षित गर्न सकिनेछ । परिवारले साथ दिनेछ ।
प्रेम र मित्रताको बन्धन सुदृढ हुनेछ । आफन्त र साथीभाइको सहयोग मिल्नेछ । मनपर्ने भौतिक साधन जोड्न सकिनेछ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ । कामबाट फर्सदिलो भइनेछ भने अतिथिको रुपमा सत्कार पाइनेछ ।
तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्राको योग छ, यात्राबाट विशेष लाभ होला । शत्रु र रोगबाट विशेष छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलपामा सोचेअनुसार फाइदा उठाउन सकिनेछ ।
अनावश्यक वादविवादमा परिएला । आज बोल्नु अगाडि सोच्नुपर्ने दिन हो । प्रशंसकहरुले पनि ओलोचना गर्ने समय छ । तर्क र बहसमा समय राम्रो छ त्यसैले मान सम्मानको रषा हुनेछ । गरेको काममा देखिएका समस्या समाधान गर्न सकिनेछ । व्यवसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । अधिकारका लागि संघर्ष गर्नुपर्ला ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)
आज अध्ययनमा मन लगाउने समय छ तर शरिरमा उर्जाको कमी हुनसक्छ । लगानशील भएमा मात्र आज सोचेको उपलब्धि हात लाग्नेछ । प्रयत्न गरेको काम ढिलै भए पनि सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन र कृषिक्षेत्रबाट सामान्य लाभ हुनेछ ।
बौद्धिक प्रतिस्पर्धामा खासै आशावादी नभएको राम्रो हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने सयम छ तर जस पाउन गाह्रो हुनेछ । सन्तानका समस्यामा ध्यान जानेछ । आफ्नै सहयोगीहरुले साथ दिनेछैनन् ।
धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)
अरुको फाइदाको लागि खट्नु पर्ने समय छ । व्यक्तिगत फाइदा तथा प्रगतिको लागि परिस्थिति अनुकुल रहेको छ । आत्मबलका साथ काम गर्दा सोचेअनुसार सफलता मिल्ने देखिन्छट । विगतमा अरुलाई दिएको वचन पूरा गरिनेछ । कुनै महत्वांक्षी योजना कार्यान्वयन गर्नका लागि गोपनीयता अपनाउनुहोला ।
पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । आमाको माध्यमबाट काम बन्नेछ । टाढिएका साथीभाइ नजिकिनेछन् । पारिवारिक भेटघाटको समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । सजावट सम्बन्धी काममा आकर्षित भइनेछ ।
मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)
उद्योग तथा व्यापार व्यवसायमा फाइदा मिल्ने योग छ । कमाएको धन सञ्चित हनेछ । दाजुभाइको साथ सहयोग लिन सकिनेछ । पुरानो समस्यालाई निराकरण गर्न सकिनेछ ।
घरायासी वा दाम्पत्य जीवन अनुकुल रहेको छ । कृषि तथा पशुपालनको क्षेत्रमा मुनाफा आर्जन गर्न सकिनेछ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । आफ्नो आत्मबल र निर्णयबाट गरिएको काममा लाभ मिल्ने समय छ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज झैँझगडामा नपरेको राम्रो हुनेछ । प्रेम र मित्रताको लागि उचित भूमिका निर्वाह गर्न नसक्दा तीतोपन बढ्ने सम्भावना छ । सद्विचार लिनेहरुका लागि आजको समय उत्साहजनक रहेको छ ।
धैर्यताको साथ काम गर्दा मनग्ये फाइदा लिन सकिनेछ । मनमा अलस्य र अल्छीपनको निवास हुँदा अवसरलाई सही उपयोग गर्न सकिदैन । मनपर्ने भौतिक साधन जोड्न मन लालायित हुनेछ तर धनको अभाव हुनेछ । आज जिद्धीपन र घमण्ड त्याग्नु रामैो हुनेछ । नत्र दुःख पाइएला । मानसम्मान र प्रतिष्ठामा आँच आउन सक्छ । सचेत हुनुहोला ।
मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तिलाई भेट्न सकिनेछ । प्रतिष्ठित कामले आत्मविश्वास बढाउनेछ । स्वादिष्ट भोजनको अवसर आउनेछ । सहयोगीहरुको साथ मिल्नेछ । शुभचिन्तकको दृष्टि पर्दा सोचेको काम सफल हुनेछ । विभिन्न अवसरले पछ्याउनेछ ।
उचित काममा सही निर्णय लिन सकिनेछ । शुभचिन्तकले कमी कमजोरी औल्याएर सुध्रने मौका दिने छ । स्वास्थ्य सबल छ तर खानपानमा ध्यान दिनुहोला । रमाइलो जमघटमा सहभागी भइएला । विद्यार्थीहरुले राम्रो नतिजा हात पार्ने समय रहेको छ ।



No comments