मुख्य समाचार

सिन्धुली काे मरिण र हरिहरपुर मा बाढि ले बसपार्क र घर डुबायाे


सिन्धुली असार २७गते 

बागमती  र मरिण नदीमा आएको बाढी बस्तीमा पस्दा सिन्धुलीका दुई बस्ती डुवानमा परेका छन् । बागमती नदीले चार घर बगाएको छ । ६० घरबढी उच्च जोखिममा परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका को बसपार्कमा बागमती नदी पस्दा त्यहाँका चार घर बगाएको हो । 


 गाउँपालिकाका अध्यक्ष  काे अनुसार बागमती नदीले बसपार्कमा रहेका राशरण राई, खड्ग वाइवा, पूर्णबहादुर घलान र ज्ञानबहादुर घलानको घर गोठ बागमती नदीले बगाइसकेको छ । ‘त्यहाँका ८ घर उच्च जोखिममा परेका छन् । घरहरु पनि नदीले कटान गरेर बगाउनै लागेको छ । उद्धार गर्न जान सक्ने अवस्था छैन्,’ अध्यक्ष भन्नुयो । सोही ठाउँका स्थानीय ६० जनाको घर डुबानमा परेको छ । 



उनीहरु घर छाडेर सुरक्षित स्थानमा सरेपनि गाई बस्तु, अन्नपात, लत्ताकपडा सबै घरसंगै डुवाएको छ । स्थानीय सत्यमान तामाङका अनुसार बस्ती डुबान भएको छेउमा प्रहरी भएपनि ठुलो बाढीका कारण प्रहरी पुग्न सकेका छैनन् । शुक्रबार बिहानबाट नदीले बाहव परिवर्तन गरि बस्तिमा पसेको हो । 

 उता मरिण गाउँपालिकामा मरिण नदीमा आएको बाढीका कारण एक दर्जनबढी घर जोखिममा परेका छन् । मरिण गाउपालिका काे बारविसे मा चार पाँच घर डुवानमा परेको स्थानीयले जानकारी दिएको छ ।मरिण गाउँपालिका मा लगातार बर्स्षा ले मरिण खाेला बाढि अाउदा मरिण क्षेत्र काे खेतीयोग्य जमिन कटान गरेकाे छ भने धान राेपेकाे खेत पनि डुबान परेकाे स्थानीय हरू ले जानकारी दियकाे छ।  

No comments