सिन्धुली काे विपि राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध
सिन्धुली असार २७गते
निरन्तर वर्षाका कारण आएको पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । गएरातिको वर्षापछि गएको पहिरोका कारण गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।
सडकमा माथिबाट पहिरो खसेपछि गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।त्यस्तै
सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको र अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ ।
साथै पहिरोका कारण गोलन्जोर गाउँपालिका अन्तर्गत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ ।
वरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएकाे छ ।




No comments