मध्य पहाडी लाेकमार्ग खुर्कोट घुर्मी सडक पुर्ण रूपमा सञ्चालन
सिन्धुली साउन ४गते
मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी सडक एक सातापछि खुलेको छ। अबिरल बर्षातको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो।
करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि अवगमन ठप्प बनेको थियो।
सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुइतर्फीनै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।
पहिरो पन्छाएपछि सवारी आवगमन सुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार आज आंशिक रुपमा सवारी सञ्चालन भएका छन्।
शनिबारदेखि पुर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन सुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडाैं काउण्टरका इन्द्र कटेलले जानकारी दिए। 'सडक अझै पनि जोखिमयुक्त छ' उनले भने, 'सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ।'
हप्ता दिनदेखि अलपत्र परेका यात्रु गनतव्य तर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार अहिले सवारी अवागमन सुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ। सवारी अवगमन सुचारु भएपछि यात्रु खुसी भएका छन्। तर सडक जोखिमयुक्त भएकाले अझै पनि राम्रो गरि मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका ६ का वडा अध्यक्ष फुर्तिमान तामाङले बताए।




No comments