राजधानिमा गुन्डा नाईके साजन गुरूङ गाेलि हानि पक्राउ
सिन्धुली भदौ २८गते
प्रहरीले गुण्डां गर्दीमा संलग्न साजन गुरुङ उर्फ नाजोकमाथि गोली प्रहार गरेको छ । प्रहरीको गोलीबाट घाइते भएका साजनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
तारकेश्वर नगरपालिकाको गोलढुंगास्थित फूलबारी रेष्टुराँमा साजनलाई प्रहरीले घेरेर नियन्त्रणमा लिन खोजेको थियो ।
तर, साजनले प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेपछि महानगरीय अपराध महाशाखाको टोलीले उनीमाथि गोली चलाएको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार साजनको खुट्टामा दुई गोली लागेको छ । साजनलाई विभिन्न अभियोगमा प्रहरीले प*क्राउ गर्न खोजी गर्दै आएको थियो ।
धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।
साजनको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको प्रहरी जनाएको छ । यस विषयमा थप अनुसन्धा*न भइरहेको प्रहरीको भनाइ छ ।



No comments