सिन्धुपाल्चोक मा बस दुर्घटना हुदा १४काे मृत्यु
सिन्धुली असाेज २४गते
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको ज्यान गएको र थप ५ जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो ।
ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल लगिएको छ । डीएसपी काफ्लेका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार रहेका थिए ।



No comments