दशै काे टीका काे शुभ साहित १०बजेर ३५मिनेटमा
सिन्धुली असाेज २०गते
हिन्दुहरुकाे महान चाड बडा दशैंकाे टीकाकाे साइत सार्वजनिक भएकाे छ । नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षको बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको हाे । आउँदो असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा टीकाको साईत उत्तम रहेको समितिले जनाएको छ ।
यद्यपी साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने बताइएको छ ।
यस वर्षको घटस्थापना असोज १२ गते परेको छ । असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएकाे छ ।
यस्तै टीका अघि गरिने देवी विर्सजनको शुभ साइत असोज २१ गते मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा रहेको समितिले जानकारी दिएकाे छ ।
यसैगरी असोज १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातिको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा उत्तम साइत रहेको जनाइएकाे छ ।



No comments