पहिला प्याज काट्दा आँसु आउथीयाे अहिले भाउ सुन्दा आँसु आउछ
सिन्धुली मङ्सिर ९गते
भारतकोकेन्द्रसरकारलेनिर्यातगर्दा प्याजमा महँगी बढेको भन्दै असोज दोश्रो सातादेखि प्याज निर्यातमा प्रतिबन्ध लगायो । प्रतिबन्धका कारण नेपाली बजारमा प्याजको मूल्य बढ्न पुग्यो । आन्तरिक उत्पादन नहुनु र परनिर्भर हुँदा कात्र्तिकमा एक सयमा विक्री भइरहेको प्याज अहिले १ सय ९५ रुपैयाँ पुगेको छ ।
गत शनिबार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो १८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै १९५ रुपैयाँ तिरे । त्यसयता प्याजको भाउ प्रतिकिलो १९५ रुपैयाँमा विक्री भइरहेको छ । एक महिनाअघि प्रतिकिलो १ सय रुपैयाँसम्ममा प्याजको खरिद विक्री हुने गरेपनि यसरी भाउ बढ्दा उपभोक्ताको भान्सा महंगो हुुँदै गएको छ ।
हुन त नेपालमा खपत हुनेमध्ये जम्मा दुई प्रतिशत मात्रै यहाँ उत्पादन हुन्छ भने बाँकी ९८ प्रतिशत विदेशबाट नै । आर्थिक वर्ष ७५/७६ मा मात्रै करिब ११ हजार ५ सय ९१ टन प्याज नेपालमा आयात भएको थियो । जसमध्ये ११ हजार ५ सय ६५ टन भारतबाट र चीनबाट २६ टन आयात भएको थियो । निर्यातमा प्रतिबन्ध लागेपनि विभिन्न नाकाबाट लुकाएर प्याज भने भित्रिएको व्यवसायीको भनाइ छ । यसरी लुकाएर प्याज ल्याउदा अतिरिक्त खर्च लाग्ने भएकोले मुल्यमा झन बढेको उनीहरुको भनाइ छ । प्रतिबन्ध लागेसँगै चीनबाट आयात हुने प्याजको मूल्य पनि बढेको छ ।



No comments