मुख्य समाचार

काेकाे नयाँ मन्त्री भए काेकाे मन्त्री बाट हटे नामावली हेर्नुस्


सिन्धुली मंसिर ५गते 
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगाउनुभएको छ ।
बुधबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट बाहिरिने र नयाँ नियुक्त हुनेको नाम टुंगो लगाउनुभएको हो ।


प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरूको नामावली शपथ ग्रहण गराउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको हो । उहाँका अनुसार नयाँ मन्त्रीहरूको सपथ भोलि हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा पूर्व एमालेको तर्फबाट बसन्त नेम्वाङ जाँदै हुनुहुन्छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीले पाउँदै हुनुहुन्छ । साथै घनश्याम भुसाललाई कृषिमन्त्री बनाइने जनाइएको छ ।

No comments