मुख्य समाचार

नेपाली काङ्ग्रेस काे उमेदवार माथि नेकपा काे कर्याकर्ता बाट हातपात


सिन्धुली १२गते 
दोगडाकेदार गाउँपालिका वडा नं ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्टमाथि हातपात भएको छ ।
गएराती साढे १० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको उम्मेद्वार भट्टले जानकारी दिए ।

आफ्नो एकजना कार्यकर्तालाई नेकपाका कार्यकर्ताहरुले नियन्त्रणमा लिई आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले दाबी गरे ।
दोगडाकेदार गाउँपालिका ४ को मटेला भन्ने ठाउँमा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले बताए । यो बिषयमा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताए ।
उम्मेद्वार भट्टमाथि हातपात भएको कुरा आफूले गम्भीर रुपमा लिएको भन्दै उनले घटनाको थप अनुसन्धान भइरहेको समेत जानकारी दिए ।  

No comments