चितवन मेडिकल कलेज मा पेस्तोल भेटियो साेधपुछ काे लागि सुरक्षा गाड नियन्त्रणमा
सिन्धुली मङ्सिर ७गते
चितवन मेडिकल कलेज परिसरबाट प्रहरीले गोलीसहित पेस्तोल बरामद गरेको जनाएको छ । प्रदेश ३ का मध्यप्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले मेडिन यूएसए लेखिएको गोली भरिएको पेस्तोल र म्यागजिन बरामद गरिएको पुष्टि गरेका छन् । उनकाअनुसार पेस्तोल कसले ल्याएको हो, किन ल्याएको हो अनुसन्धानकै क्रममा छ ।
चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भने प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दको कोठामा पेस्तोल बरामद गरिएको जानकारी दिए । उनले भने, ‘प्रकाशको कोठाबाट गोली भरिएको पेस्तोल बरामद गरियो, तर अहिलेसम्म कोही प्रक्राउ परेका छैनन् । मल्लले मेडिकल कलेज परिसरमा प्रहरीले सुरक्षा दिइराखेको बताए । ‘अनुसन्धानका लागि कलेजका सेक्युरिटी गार्डलाई भने नियन्त्रणमा लिएका छौं,’ उनले भने ।चितवन मेडिकल कलेजका विद्यार्थीले भाद्र ५ गतेदेखि शुल्क फिर्ताको मागसहित आन्दोलित छन् ।
आन्दोलनका कारण कलेजको पढाइ र उपचार प्रभावित हुँदै आएको छ । आइतबार देशभरका मेडिकल कलेजका विद्यार्थीले चितवनमा शुल्क फिर्ताको मागसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको थियो । त्यसको अघिल्लो दिन प्रहरीले हतियार बरामद गरेको हो ।



No comments