मुख्य समाचार

तत्काल माओवादी ले जमिन मुनि गाडियकाे गाेलि र हतियार परामद


सिन्धुली पाैष ७गते 

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलबाट तत्कालीन माओवादीले सेना समायोजनका बेला जमिनमुनि लुकाएर राखेको ठूलो परिमाणको गोलीसहित अत्याधुनिक हतियार फेला परेको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको टोलीले आइतबार माओवादी कार्यकर्ताको कुखुराको खोरबाट एक थान सर्ट मेसिन गन (एसएमजी)सहित गोली बरामद गरेको हो।



भरौलका पूर्वमाओवादी कार्यकर्ता खेमराज प्रधानको कुखुराको खोरमुनि लुकाइएको एक थान सर्ट मेसिन गन र विभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ थान गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। विशेष सुराकीका आधारमा सेनाले उक्त स्थानबाट हतियार बरामद गरेको हो। हतियार जमिनमुनि गाडेर राखेको चाल पाएपछि सुनसरीका सुरक्षा निकायका प्रमुखसहित सेनाको विशेष टोली हतियार बरामद गर्न भरौल पुगेको थियो।

माओवादीले लुकाएको हतियारबारे सूचना पाएपछि बरामद गर्न सुनसरी प्रहरी प्रमुख पोखरेल, सेनाका क्याप्टेन प्रवेशबहादुर सिंह र सशस्त्र प्रहरी चतराका सशस्त्रका इन्स्पेक्टर अशोक न्यौपाने नेतृत्वको टोली भरौल पुगेको थियो। सेना र प्रहरीको टोलीले जमिन खनेर ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेको सुनसरीका सीडीओ राजेश पौडेलले बताए। उनले ६.६२ एमएमको २ हजार ५ सय ९६ राउन्ड, ९ एमएमको २ हजार ६ सय ३२ राउन्ड, ५.७६ एमएमको ४ हजार ५ सय ६५ र अन्य साना हतियारमा लाग्ने १ सय ८९ राउन्ड गोली बरामद गरिएको जानकारी दिएका छन्। 

No comments