गय राति काे खेल मा फ्रान्स र उरुग्वे विजयी
सिन्धुली असार १७गते :
पहिलाे खेल मा फ्रान्स ले अर्जेन्टिना लाई ४-३ काे गाेल ले हराउदै फ्रान्स विजयी भयकाे छ ।भने याे हार सगै अर्जेन्टिना खेल बाट बाहिरे काे छ । भने दोस्रो खेल मा रुसको फिस्ट रङ्गशाला सोचीमा शनिबार सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई दुई एक गोलले पराजित गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानी नायक रहे। काभानीले खेलको ७ औं र ६२ औं मिनेटमा गोल गरे। पहिलो हाफको खेलमा काभानीको गोल मार्फत एक
शुन्यको अग्रता बनाएको उरुग्वे दोश्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल खान पुगेको थियो। पहिलो हाफमा लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै हेडिङ् मार्फत काभानीले गोल गरेका थिए। दोश्रो हाफमा बराबरी गोल गर्ने क्रममा पोर्चुृगलका राफेल गुइरेरोको पासमा पेपेले डि बक्स एरियाको मध्य भागबाट हेडिङ मार्फत गोल गरेका थिए। बराबरी गोल गर्दै खेलमा फर्केको पोर्चुृगल सातौं मिनेटपछि पुनः पछि पर्यो। उरुग्वेकालागि काभानीले व्यक्तिगत दोश्रो गोल गर्ने क्रममा रोड्रिगो बेन्टानकरको सहायता लिए। त्यसछिको खेलमा पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्नबाट चुक्दा खेल उरुग्वेलाई दुई एकको नतिजामा सुम्पियो।
शनिबारको हारसँगै पोर्चुगल प्रतियोगिताबाट वाहिरिएको छ भने उरुग्वेले क्वार्टरफाइनलमा फ्रान्स प्रतिद्वन्द्वी पाएको छ। शनिबारको जितसँगै उरुग्वेको प्रतियोगितामा अपराजित यात्रा कायमै रहेको छ।



No comments