अस्थायी शिक्षक काे परिक्षा यहि असार २९र३०गतेलहुने
सिन्धुली असार २६:
अस्थायी शिक्षकको परीक्षा यही असार २९ र ३० गते गर्ने भएको छ। आयोगको आज बुधबार बसेको बैठकले निम्न माध्यमिक र माध्यमिक तहको परीक्षा असार २९ गते र प्राथमिक तहको परीक्षा ३० गते गर्ने निर्णय गरेको हो । परीक्षा यसअघि तोकिएकै परीक्षा केन्द्रमा हुने जनाइएको छ ।
असार ५ गते आयोगले आन्तरिक तयारी नपुगेको भन्दै गएको परीक्षा पहिलोपटक भाद्र ३ गतेका लागि सारेको उक्त परीक्षा साउन ३१ गते आयोगले बाढी–पहिरोको कारण देखाउँदै दोस्रो पटक परीक्षा भाद्र १० का लागि सारेको थियो । गत भाद्र ६ गते आयोगले सूचित गर्दै १० गतेका लागि निर्धारण गरिएको अस्थायी शिक्षकहरुको परीक्षा तेस्रोपटक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
आयोगले नवौं ऐन संशोधन पछि गत कात्तिक २१ मा पुनः विज्ञापन गरेको थियो । पछि आयोगले चैत २३ का लागि परीक्षा मिति तय ग¥यो तर पुनः परीक्षा हुनुभन्दा अगाडि नै आयोगले सो परीक्षा पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो ।


No comments