मुख्य समाचार

यी क्रिकेटर जसलाई १८ वर्षमा १२ पटक सर्जरी गर्नुपर्‍यो

क्रिकेट खेलाडीहरु या त धेरै रन बनाएर या धेरै विकेट लिएर चर्चामा आउँछन् । तर यहाँ यस्तो एक खेलाडीको बारेमा जानकारी दिन लागिएको छ जो आफ्नो क्रिकेट करिअरमा धेरैपटक घाइते भए । घाइते भए पनि क्रिकेट खेल्न भने उनी रोकिएनन् । उनी हुन् टिम इण्डियाका तेज बलर आशिष नेहरा ।
क्रिकेट मैदानमा उनी ‘नेहरा जी’ को नामबाट चिनिन्छन् । नेहराले गत वर्ष सन् २०१७ मा आफ्नो होम ग्राउन्ड दिल्लीमा क्रिकेटबाट सन्यास लिएको घोषणा गरे । उनले आफ्नो १८ वर्ष लामो क्रिकेट करिअरमा पटक–पटक घाइते भए र १२ भन्दा धेरै पटक अपरेशन झेले । तर क्रिकेटप्रतिको मोहले उनलाई पटक–पटक मैदानमा डोहोर्‍याइरह्यो ।
२९ अप्रिल १९७९ मा दिल्लीमा जन्मिएका आशिष नेहराले १९९९ मा जब क्रिकेट करिअर सुरु गरे, त्यस समय भारतको कप्तान अजहरुद्दीन थिए । टिममा जवागल श्रीनाथ र अनिल कुम्बले जस्ता दिग्गज खेलाडी थिए । त्यस समय आशिषले टिममा आफ्नो बलियो स्थान बनाए ।

उनले पहिलो टेस्ट म्याच कोलम्बोमा श्रीलंकाविरुद्ध खेले । पहिलो वनडे जिम्बाब्बेमा २००१ मा खेले । तर आशिष जति वनडे म्याचमा सफल भए त्यति टेस्ट म्याचमा भएनन् । त्यसैले उनले आफ्नो १८ वर्षे क्रिकेट करिअरमा १२० वनडे म्याच खेल्दा टेस्ट म्याच केबल १७ वटा खेले ।

No comments