मुख्य समाचार

अब नेपालमा जाडोले मान्छे मर्न पाउँदैनन्, म प्रधानमन्त्री छु-ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बुटवलस्थित प्रदेश ५ को संसद भवनमा प्रदेशसभा बैठकलाई सम्वोधन गरे ।

प्रधानमन्त्रीले प्रदेशसभाको बैठकलाई सम्वोधन गरेको यो पहिलो हो । अब क्रमशः अन्य प्रदेशसभालाई पनि प्रधानमन्त्रीले यसैगरी सम्वोधन कार्यक्रम छ ।
प्रधानमन्त्रीको सम्वोधन एक घण्टाभन्दा लामो थियो । यसक्रममा उनले भैरहवा विमानस्थल, बुटवल धागो कारखाना आदि विषयहरु उठान गर्दै प्रदेशका विशिष्ट समस्यालाई उल्लेख गर्ने प्रयास गरे ।
आफ्ना अन्य भाषणहरुमा जस्तै प्रधानमन्त्रीले अब कोही पनि गरीब रहन सक्दैन, सबै वालवालिका स्कुल नजाने अवस्थाको अन्त्य हुन्छ र विकासले तीव्र गति लिन्छ भन्ने कुराहरु गरे । नेपालको वैभवका बारेमा बताए ।
प्रधानमन्त्री ओलीले हाल प्रदेशहरुले भोग्नुपररहेका समस्यालाई पनि सम्वोधन गरे । नयाँ घर बनाउँदा समस्या हुने बताउँदै अहिलेको समस्या पनि त्यस्तै भएको प्रधानमन्त्रीले विश्लेषण गरे । आफ्नो सरकार पुरानो मानसिकताको सरकार होइन भन्दै ओलीले सबै प्रदेशहरुलाई सक्षम बनाएर मात्रै संघ बलियो हुने स्पष्ट पारे । साथै प्रदेश, नगरपालिका र गाउँपालिका लगायत सबै तहलाई बलियो पार्नुपर्ने प्रधानमन्त्रीले बताए ।

देशमा बढिरहेको व्यापारघाटाप्रति प्रधानमन्त्रीले चिन्ता प्रकट गरे । साथै रुग्ण उद्योगहरु सरकारले सञ्चार गर्ने उनले बताए ।

No comments