मुख्य समाचार

सरकार ले बार्ता टाेलि तयार गरे अाफु बार्ता मा बस्न तयार :डाक्टर केसि


सिन्धुली असार २७:

चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सरकार तयार रहेको अवस्थामा बार्ता टोली पठाउने बताएका छन्।

अनशनको १२ औं दिन एक विज्ञप्ति प्रकाशित गर्दै केसीले आफु बार्तामा बस्न तयार नरहेको भन्ने कुरा निराधार रहेको बताएका छन्।  'यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ', डा. केसीले भनेका छन्।

उनले आफुँ कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने उनले बताएका छन्। 'सरकारलाई चाहिं यसै विज्ञप्तिमार्फत दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण गराउँछौं', उनको विज्ञप्तिमा भनिएको छ।

No comments