मुख्य समाचार

जाउलाखेल काे चिडियाखाना अब भक्तपुर काे सुर्य विनायक मा सारिदै

सिन्धुली असार २६
सदर चिडियाखाना केही वर्षमा सूर्यविनायकमा विस्तार गर्नका लागि तयारी थालेको छ । अहिले जावलाखेलको सानो क्षेत्रमा रहेको चिडियाखाना यहाँसँगै सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले जनाएको छ ।
सूर्यविनायक जङ्गलमा प्राणी उद्यान केन्द्रका रुपमा राखिने सदर चिडियाखानाका प्रमुख चीरञ्जीवी पोखरेलले बताउनुभयो । जावलाखेलमा भन्दा सूर्यविनायकको जग्गा क्षेत्रफलका हिसाबले ठूलो छ । यहाँ चिडियाखाना ६ हेक्टर रहेको छ भने सूर्यविनायकमा १४.२९ हेक्टरमा जनावरलाई राखिनेछ । उहाँ भन्नुहुन्छ, “यहाँ जनावरलाई विभिन्न खोरभित्र राखिने गरिएकामा सूर्यविनायकमा खुल्ला हुनेछ
क्षेत्रफल ठूलो हुँदा ठूला जनावरलाई सहज हुने उहाँ बताउनुहुन्छ । यहाँ सानो क्षेत्रफलमा व्यवस्थापन गरेर जनावरलाई राखिएको छ । उहाँ भन्नुहुन्छ, “हामीले प्राणी उद्यान केन्द्र अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेका छौँ ।” सूर्यविनायकमा अहिले विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माणको काम भएको छ । सूर्यविनायकमा चिडियाखाना विस्तारको काममा प्राविधिक रुपमा प्रकृति संरक्षण कोषले गरिरहेको छ ।
कोषले झण्डै २२ वर्षपहिले देखि सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको छ । नेपाल सरकार र कोषका बीचमा ३० वर्षसम्म कोषले व्यवस्थापन गर्ने सम्झौता भएको थियो । चिडियाखानाको स्थापना १९८९ सालमा भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । १२४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन्

No comments