महाेतरि मा हात्ती अातङक ५घर भत्कायाे
सिन्धुली साउन ११:
महोत्तरीको बर्दिबास नगरपालिका ३ पर्सेलधापमा ३ दिनदेखि हात्तिाले आतंक मच्चाएका छन् । बुधबार बेलुका गाउँमा पसेको ३ वटा हात्तीले ५ वटा स्थानीय घर भत्काएका छन् ।
यस्तै भर्खरै लगाएको धानबालीमा समेत क्षति पु्याएको छ । ३ वटा हात्तीको बथान गाउँमा नै आतंक मचाईरहेको छन् । स्थानीयले नगरपालिका र प्रहरीलाई खबर गर्दासमेत वास्ता नगरेको स्थानीय इन्द्र बहादुर तामाङले बताए ।
तामाङका अनुसार गाउँमा लगाएको आँप, कटहर लगायतका फलफुल नष्ट गरेको जनाएका छन् । हात्ती आतंकका कारण अहिले गाउँमा त्रास फैलिएका स्थानीयको भनाई छ । स्थानीय प्रशासनले हात्ती आतंक नरोकेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।


No comments