त्रिसुलि मा बस खस्दा ७काे मृत्यु उदार जारि
सिन्धुली साउन ११:
काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र एक बच्चा रहेको बताईएको छ ।
ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताएअनुसार बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको हो ।
ना ६ ख २५०६ नम्बरको यात्रुबहाक बस र ना ५ प ७४०९ नम्बरको ट्रक एक अापसमा ठोक्किदा बस खसेकाे उनले बताए। हाल यात्रुहरुको उद्धार जारी रहेको छ ।


No comments