नक्कली सुनकाे सिक्री पसले लाई दिई सकली सिक्री निले पछि,,,
सिन्धुली साउन १२:
जुक्ति लगाएर सुन चोरी गर्ने सुनसरीका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरज कुमार नेपाल रहेका छन् । उनले विराटनरको अरुण कुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्न गएगरी नक्कली गहना सँगै लगेर पसलको सक्कली सुन लाने जुब्ति रचेका थिए ।
सुन पसल सन्चालकका अनुसार नेपालले सुनको सिक्री मागेर गलामा लगाए । अनि ऐना अगाडि उभिएर केहीबेर आफूलाई हेरे । त्यसपछि उनले सुनको सिक्री गलाबाट निकालेर ‘मन परेन’ भन्दै फिर्ता गरे । सुन पसलेलाई शंका लाग्यो । हेर्दा उस्तै देखिए पनि नेपालले फिर्ता गरेको सिक्री आफ्नो नभएको दावीसहित सन्चालक राठीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पसलमा आएर नेपाललाई नियन्त्रणमा लियो ।
उनको शरिर खानतलासी गर्यो तर, सिक्री फेला परेन । पसलेले आफ्नो सुनको सिक्री सुरजसँगै रहेको दावी गरिरहे । प्रहरीले उनले सिक्री निलेको शंका गर्यो र विराटनगरको विराट अस्पतालमा लगेर भिडियो एक्सरे गरायो । भिडियो एक्सरेको रिपोर्टमा पेटभित्र सुनको सिक्री देखियो । उनले पसलेको सक्कली सुनको सिक्री निलेर आफूसँग भएको नक्कली सुनको सिक्री फिर्ता गरेका रहेछन् ।


No comments