मुख्य समाचार

अखिल नेपाल पेट्रोलियम मदुर संघ काे ३न.प्रदेश भेला सम्पन्न , मदुरकाे तलब १५७०३ कार्यान्वयन गर्न जाेड


सिन्धुली साउन१३:

अखिल नेपाल पेट्रोलियम मजदूर संघ ३ नं। प्रदेश समिति भेला काठमान्डौंमा सम्पन्न भएको छ भेलाले लक्ष्मण न्यौपानेको अध्यक्षता १५ सदस्य कार्यसमिति चयन गरेको छ जसको उपाध्यक्षमा सनद श्रेष्ठ,राजकुमार महर्जन सचिव जगत श्रेष्ठ,सह(सचिव सुक व. तामांग, कोषाध्यक्ष मदन गौतम,सहकोषाध्यक्ष शुरोज महर्जन र सदस्यहरू केदार खत्रि, इश्वर छत्कुलि,कृष्ण उप्रेती,दिपेन्द्र थापा, नवराज भट्ट,।

जनकराज पौडेल लगायत रहनु भएको छ भेलालाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल ट्रेड यूनियन महासंघका सचिवालय सदस्य एवम अखिल नेपाल पेट्रोलियम मजदूर संघका केन्द्रिय अध्यक्ष शिव पोख्रेलले समसामयिक राजनैतिक बिषयवस्तुसंगै श्रम एेन,सामाजिक सुरक्षा एेन २०७४,र खाइपाइ आएको तलवमा बढ तलव रू ३७५० र (संचयकोष १०५ काम गर्न सुरूगरेकै दिनदेखि लागु गर्ने ८.३३ %उपादान रू १ लाख औषधि उपचार रू. ७ लाख बराबर दूर्घटना विमा लगायतका सेवा सुविधाहरू ऐनमा उल्लेख भएको हुदा कार्यन्वयन गर्न व्यवशायीहरूलाइ आग्रह गर्नु भयो।

लक्ष्मण न्यौपानेको सभापतित्वमा सम्पन्न भेलालाइ संघका केन्द्रीय उपाध्यक्ष दुर्गा कडेल, सचिव द्वय सनद श्रेष्ठ, राजकुमार महर्जन लगायत काठमाण्डू, भक्तपुर, ललितपुर,काभ्रे,चितवन जिल्ला अध्यक्षहरूले सम्वोधन गर्दै आफ्नै भनाइ राख्नु भयो कार्यक्रम संचालन जगत श्रेष्ठ गर्नु भयकाे थियोे ।

No comments