माेरिण गाउँपालिका ले सुत्केरी खर्च ४८००सय दिने
सिन्धुली साउन १३:
सिन्धुली काे मरिण गाउँ पालिका ले अब सुत्केरी खर्च बडाय ४८०० पुरायकाे छ।याे सेवाले अझ सुत्केरी गराउन सहज हुने छ।अकाल मा महिला काे मृत्यु हुनबाट जाेगिने छ भने गाउँ पालिका काे याे काम ले स्थानीय खुसि भयका छन् ।
सरकारले सुत्केरी यातायात खर्च दोब्बर र प्रोटोकल अनुसार गर्भवती जाँच गरि संस्थागत सुत्केरी गराएमा प्रोत्साहन खर्च दोब्बर बढाए सँगै उक्त परिमाण बराबर अनुसारको रकम हरेक गर्भवती तथा सुत्केरी महिलाले पाउने भएको हो।
मरिण गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई प्रोटोकल अनुसार गर्भवती जाँच गरि संस्थागत सुत्केरी गराएमा गर्भवती दोस्रो पटक आउनेलाई ५ सय,चौथो पटक आउनेलाई ५ सय,संस्थागत सुत्केरी गराउने लाई ५ सय र कम्तीमा एक पटक सुत्केरी जाँच गर्नेलाई ५ सय पटक-पटक गरी जम्मा रु २ हजार नेपाल सरकारबाट पाउने रकम बाहेक अरु थप दिने निर्णय गरेको हो ।
यो थप रकम सँगै अब हरेक गर्भवती सुत्केरी महिलाले मरिण गाउँपालिका र नेपाल सरकारको सुरक्षित महिला गर्भ धारण परियोजना मार्फत गरेर जम्मा रु ४ हजार ८ सय पाउने भएका छन् । यस अघिका दिनहरुमा सरकारले भौगोलिक हिसाबमा हिमाली क्षेत्रमा बसोवास गर्ने सुत्केरी महिलाहरुलाई प्रति व्यक्ति रु १५ सय,पहाडी इलाकाका महिलालाई १ हजार र तराई इलाकाका महिलालाई ५ सय यातयात खर्च स्वरुप दिने गरेको थियो।
सुत्केरी महिलालाई पर्याप्त मात्रमा ज्ञान नभएको कारण घरैमा असुरक्षित गर्भ धारण गरी अकालमै ज्यान जाने गरेको छ । कतिको आर्थिक अवस्था कमजोर भई अस्पताल वा स्थानीय स्वास्थ्य चौकी सम्म जाने स्थिति हुदैन । यसलाई नियन्त्रण गरी स्वास्थ्य चौकी तथा अस्पतालमै गई गर्भ धारण गरियोस् भन्ने हेतुले सो रकम र सुरक्षित गर्भ धारण सम्बन्धि विभिन्न कार्यक्रम नेपाल सरकारले गर्दै आए पनि प्रभावकारी हुन सकेको छैन ।


No comments