मुख्य समाचार

विदेशी बाख्रा यसरि रूख चडछन् ,,,

सिन्धुली साउन १४:

बाख्रा चकचके हुन्छन्, हामी सबैलार्इ थाहा छ । नेपाल लगायत विश्वका अधिकांश देसमा पाइने बाख्रा प्रजातिका जनावरका विशेषता झण्डै समान खालका नै छ । तर दक्षिण पश्चिम माेराेक्काेमा पाइने एक बाख्राका प्रजाती विश्वका अन्य देशका बाख्रा भन्दै निकै चतुर खालका छन् ।

कतिसम्म चतुर भने यीनीहरू अाफ्नाे अाहारा खानका लागि सजिलै रूख चढ्छन् । नेपालका बाख्रा पनि घाँस खान्छन् । भिर पखेर पुगेर अाफ्नाे अाहार जुटाउँछन्  । बुट्यानहरूमा झुण्डीनु उनीहरूका लागि सामान्य भए पनि विश्वभरिका अन्य बाख्राहरू रूख नै भने चढी हाल्दैनन्। माेराेक्काेका यि बाख्रहरू रूप र शारिरीक बनावटका हिसाबले विश्वभरका अन्य बाख्रा जस्तै देखिन्छन् ।

उनीहरूकाे अावाजमा पनि कुनै फरक पन छैन् फरक यत्तीमै छकी उनीहरू अाहारका लागि सजिलै रूख चढ्छन् । खसी,बाख्री या बाेका मात्रै हाेइन याे प्रजातिका बाख्राका ससाना बच्चाहरू पनि अाफ्नाे अामाहरूसंगै रूख चढ्छन् । सुन्दा अचम्म र रमाइलाे लाग्छ यी बाख्राहरू रूख चढेकाे काहानी तर उनीहरू रूख चढ्न पर्नुकाे मख्य कारण भने पीडायुक्त छ । यी स्थानमा बाख्राहरू पहिल्यै देखि पाइन्थ्याे । जतिबेला यहाँ बाख्रका लागि अाहार विहार सजिलै पाइन्थ्याे । तर समय क्रममा सुख्खा र खडेरीका कारण यहाँकाे जमिनमा घाँसहरू उम्रन छाडे ।

बाख्राकाे प्रजाती बाँदर जस्ताे रूखमा चढ्ने स्वभावका हुंदै हाेर्इनन् । जब उनीहरूलार्इ रूख  नचढी पेट पाल्नु नसक्ने अवस्था बन्याे  उनीहरू रूख चढ्ने अभ्यासमा लागे । बाख्राहरूले सायद धेरै प्रयास गरे हाेलान रूखमा चढ्नका लागि र उनीहरूसंग विकल्प पनि थिएन  । अाफ्नाे लाेप अाफ्नै अगाडी स्वीकार गर्ने वा रूख चढेरै छाड्ने दुर्इ विकल्पमा बाख्राहरू रूख चढ्न तम्सीए र सफल पनि भए ।

अहिले माेराेक्काेकाे यी स्थानका बाख्राहरू रूख चढेर घाँस खानु सामान्य कुरा हाे । निकै सहज रूपमा उनीहरू  २० फीटसम्म अग्ला रूखहरू चढेर घाँस खाने गदर्छन् जसलार्इ तस्विरमा पनि देख्न सकिन्छ ।

No comments