मुख्य समाचार

भारतमा बाख्री बलात्कार गर्ने अाठ पक्राउ बाख्री काे मृत्यु


सिन्धुली साउन १४:

दिनहुँ महिला बलात्कारको घटना बढ्दो छ । कलिला बालिकादेखि वृद्धा महिलासम्म बलात्कार हुने गरेका छन् । सामूहिक बलात्कार गर्ने  र बलात्कारपछि हत्या गर्ने घटनाहरू बढ्दो छ । महिला मात्रै नभएर अब जनावर पनि मान्छेबाट बलात्कृत हुन थालेको छ । भारतको हरियाणा राज्यको मेवात मिरारा गाउँमा एउटा गर्भवती बाख्रीको सामूहिक बलात्कारपछि मृत्यु भएको छ ।

हत्यामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उक्त घटना जुलाई २५ तारिखको राति घटना भएको हो । बलात्कारको केही समय पछि उक्त बाख्राको निधन भएको थियो । घटनाको भोलि पल्ट नागिना प्रहरी चौकीमा बाख्रा मालिक अश्लुले उजुरी दर्ता गरेका थिए ।

सभाकर,हारोन,जाफ्फर र अन्य ५ जना विरुद्ध अश्लुले निवेदन दिएका छन् । नागिना प्रहरी चौकीका इन्चार्ज राजभिर सिंहले घटनाको पुष्टि गर्दै आठै जनालार्इ नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । बलात्कारी ८ मध्ये एक जना सुस्त मनस्थितिको भएको प्रहरीले जनाएको छ । बाख्रा मालिकका अनुसार उनीहरूले बाख्रालार्इ राती एउटा पुरानो घरमा लगेका थिए ।

No comments