अाज साउने संक्रन्ति लुताे फाल्ने दिन
सिन्धुली साउन १:
अाज साउने संक्रान्ति, यसलार्इ कर्कट संक्रान्तिका रूपमा पनि मनाइन्छ । अाज विविध सांस्कृतिक एवं धार्मिक पर्व समेत मनाइन्छ । लुताे फाल्ने दिनका रूपमा यसदिन विशेष सरफार्इ गरिन्छ भने बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ ।
सौरमासका हिसाबले अाजबाटै सूर्य कर्कट राशिमा (कर्कट रेखा) प्रवेश गर्ने भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यससँगै सूर्यकाे दक्षिणायण हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यस दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ।


No comments