सिन्धुली काे फिक्कल गाउँ पालिका मा एम्बुलेन्स सेवा सुरु
सिन्धुली साउन १:
सिन्धुलीको फिक्कल गाउँपालिकाले प्रसूती सेवाका लागि स्वास्थ्य संस्था जान नि: शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने भएको छ । गाँउपालिकाका नागरिकलाई लक्षित गर्दै यस्तो सेवा सुरु गरेको हो । गाउँपालिकाले सोमबार पहिलो पटक एम्बुलेन्स सेवा सुरु गर्दै गाउँपालिकाका गर्भवतीलाई प्रसूती सेवाका लागि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरसम्म जाँदा भाडा नलिने निर्णय गरेको हो।
प्रसूतीका लागि गाउँपालिकाबाहिरका स्वास्थ्य संस्थामा लानु परेमा पनि एम्बुलेन्स भाडा ५० प्रतिशत छुट गर्ने निर्णय भएको फिक्कल गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिए। त्यस्तै, गाउपालिकाका ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई उपचारका लागि स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स भाडा ५० प्रतिशत छुट गर्ने निर्णय समेत गरेको प्रवक्ता बरालले बताएका छन् ।।


No comments