एसियाली फुटबल खेलकुदमा नेपाल ,जापान,भियतनाम ,पाकिस्तान समूह मा
सिन्धुली साउन ९:
एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ दोस्रोपटक गरिएको समूह विभाजनमा नेपाल रहेको समूह डी मा कुनै परिवर्तन भएको छैन । अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको दुई टोली छुटेका कारण पुन: समूह विभाजन गरिएको थियो ।
नेपालको समूहमा जापान, भिएतनाम र पाकिस्तान नै कायम छन् । सहभागी २६ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । ओलम्पिक टोली भएकाले २३ वर्ष माथिका ३ खेलाडी मात्र समावेश गर्न पाइने नियम रहेको छ । समूह ए : आयोजक इन्डोनेसिया, हङकङ, लाओस, चाइनिज ताइपेई, प्यालेसटाइन समूह बी : थाइल्याण्ड, उज्वेकिस्तान, बंगलादेश, कतार समूह सी : इराक, चीन, टिमोर, सिरिया समूह ई : दक्षिण कोरिया, कीर्गिस्तान, मलेसिया, बहराइन, संयुक्त अरब इमिरेट्स समूह एफ : उत्तर कोरिया, साउदी अरब, इरान, म्यानमार प्रत्यक समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । समूहमा तेस्रो स्थान प्राप्त गर्ने उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् ।
यसका लागि पाँच टोली सम्मिलित समूहको अन्तिम स्थानमा पर्ने टोलीविरुद्धको नतिजा गणना गरिने छैन । नेपालको एसियाड टोली गोलरक्षक - किरण चेम्जोङ, एलेन न्यौपाने, सोजित गुरुङ डिफेन्डर - अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ मिडफिल्डर - रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनिल बल, तेज तामाङ फरवार्ड - सुमन लामा, विमल घर्तीमगर, अन्जन विष्ट, अभिषेक रिजाल प्रशिक्षक - ग्योतोकु कोजी सहायक प्रशिक्षक - बालगोपाल महर्जन


No comments