मुख्य समाचार

महाेतरिमा दउसै १७लाख २५हजार लुटे


सिन्धुली असार २६:
महोत्तरीमा अज्ञात समूहद्वारा एक युवकको १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ । आज मंगलबार दिउँसो बैंकबाट पैसा झिकेर फर्किने क्रममा सरपल्लो बजारका सञ्जिव शाहको साथबाट रकम लुटेको हो ।
शाह मनी ट्रान्सफरका सञ्चालक हुन् । लुट्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कठायतले जानकारी दिए ।

No comments