मुख्य समाचार

विपि राजमार्ग काे काभ्रे काे फेदि मा ट्रक र बाईक ठाेकिदा १काे मृत्यु


सिन्धुली जेठ २१गते 
विपि राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी गाउँपालिकाको वडा नम्बर ६ चरङ्ेफेदिमा मालवाहक ट्रक र मोटरसाइकल ठोक्कीदा मंगलबार एकजनाको ज्यान गएको छ । 


रामेछापबाट काठमाडौँ जादै गरेको बा४ ख ५२३७ नम्बरको मालवाहक ट्रक र बा ९५ प ७६८६ नम्बरको मोटर साइकल एक आपसमा ठोक्कीदा मोटरसाइकलको पछाडी बसेका सुनसरी जिल्लाको गणि गाउँपालिका २ का अमिन साफिको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइक चालक नजिर साफिको भने उपचारका लागि काठमाडौँमा पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपि जनकराज सापकोटाले जानकारी दिए ।

No comments