मुख्य समाचार

फुजेल हत्याकाण्ड का अभियुक्त जेल चलान


सिन्धुली असार २४:

अभियुक्त छविलाल पौडेल अदालतमा हाजिर भए लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ । फुजेल हत्याकाण्डका अभियुक्त उनी सर्वोच्च अदालतमा हाजिर भएका हुन् । २०७१  मा  कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले धरौटीमा छाडेको थियो ।

  सर्वोच्चले  २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो । लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन् । गंगामायाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि  अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।

 त्यही क्रममा पौडेलले अदालतसामु आत्मसमर्पण गरेका हुन् । यसअघि अनशनकै क्रममा कृष्णप्रसाद पीता नन्दप्रसादको निधन भएको थियो ।

No comments