मुख्य समाचार

भरतपुर मा अान्दोलन कारि र प्रहरी विच झडप प्रहरी बाट गाेलि प्रहार


सिन्धुली साउन ९:
भरतपुर महानगरपालिकाले राजमार्गमा रिक्सा, अटो रिक्सा र ई–रिक्स हटाउने निर्णय गरेपछि त्यसको विरोधमा बुधबार भरतपुर जिल्ला प्रशासन कार्यालय नजिक भएको प्रदर्शन तनावपूर्ण भएको छ । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् ।
प्रदर्शनकारीले नीजि मोटरसाइकलमा आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।महानगरले साउन ५ गते शनिबारदेखि राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे गाडी चलाउन रोक लगाएउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा व्यवसायीहरुले उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट निवेदन दिएका थिए । अदालतले सात गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै त्यो बेलासम्म निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।
सात गते अदालतको आदेश महानगरको पक्षमा आएको भन्दै ८ गते मंगलबारबाट राजमार्गमा तीन पाङ्ग्रे रोएिका थिए ।  बुधबार अटो व्यवसायीहरुले भरतपुर चितवन जिल्ला प्रशासन कार्यालय चोक अगाडी प्रदर्शन गरेका थिए ।
प्रर्दशनकारी उग्र भएर आडैको चौकीमा समेत आक्रमण गर्न थालेपछि १० राउण्ड हवाइ फायर र दर्जनौ अश्रु ग्यास प्रहार गरेको चितवन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।  प्रहरी चौकी अगाडीको एउटा मोटरसाइकल जलेको छ । प्रतक्ष्यदर्शीका अनुसार सोही मोटरसाइकल जलाउनेलाई गोली लागेको हो । घटनाका विषयमा बुझ्नै बाँकी रहेका कारण गोली लागेकोबारेमा जानकारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताए ।

No comments