पहिराे जादा रसुवा गढि नाका दुई साता देखि ठप्प
सिन्धुली साउन :२५
रसुवागढी नाका दुई सातादेखि ठप्प छ । नाका नजिकै घट्टेखोलामा पहिरोले पुलसहित सडकमार्गमा क्षति पुयाएपछि बन्द रहेको नाका खोल्न अझै तीन साता लाग्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
पहिरोका कारण सदरमुकाम धुन्चेदेखि ३३ किलोमिटर उत्तरमा रहेको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेदेखि यातायात सन्चालन हुन नसक्दा रसुवागढी नाका साउन ९ गतेदेखि वन्द छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार क्षतिग्रस्त पुल र सडक मर्मत गर्न प्राविधिकले एक महिना समय लाग्ने जानकारी दिएका छन् । काठमाडौंदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोसी नदी किनारामा रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा हाल मोटरसाइकल र पैदलयात्री मात्र जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
साना तथा ठूला यातायातका साधन बन्द छन् । घट्टेखोलापुलमा बाढीले पुलमा क्षति पु¥याएपछि रसुवागढी नाका बन्द भएको हो । पहिरो हटाउनु अगाडि यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम भएकाले रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २०७१ सालदेखि औपचारिकरुपमा सञ्चालनमा आएको रसुवागढी नाकाबाट पछिल्लो पटक बन्द हुनु अगाडि दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवत–जावत गर्ने गर्थे ।
यसअघि २०७२ बैशाख १२ गतेको भूकम्पका कारण यो नाका केही महिना बन्द भएको थियो । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात यही नाकाबाट हुँदै आएको छ ।


No comments