मुख्य समाचार

काठमाडौं काे चन्द्रा गिरि नपा काे १५वडा ले धेरै सेवा नि शुल्क


सिन्धुली भदौ १:

जनतामाथि अस्वाभिक कर-राेपण तथा शुल्कवृद्धिले गर्दा स्थानीय तहहरु बदनाम भइरहेका बेला काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा न‌ं १५ ले भने उदाहरणीयक कार्य गरेकाे छ । मुलुकभरि नै यतिबेला महानगरपालिकादेखि गाउँपालिका र वडासम्मले बढाएको कर र भारी मात्रामा शुल्कवृद्धिकाे विरोध भइरहेकाे छ ।

 यही चन्द्रागिरी-१५ ले भने अधिकांश काम निशुल्क गर्ने बताएकाे छ । स्थानीयवासीलार्इ कुनै पनि सिफारिस दर्ता वापतको शुल्क नलिने यस वडाकाे निर्णयलार्इ धेरैले तारिफ मात्र गरेका छेनन्, अन्य स्थानीय तहका लागि उदाहरणीय समेत छ ।

वडाले  बिहीबार जन्म दर्ता, विवाह दर्ता बसाइँ सराई दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिस, स्वास्थ्य सम्बन्धी सिफारिस निःशुल्क गर्ने निर्णय गरेको हो।

तर मृतकसँगको नाता प्रमाणितका लागि भने रु ३१० शुल्क लिने निर्णय गरेकाे छ । जब कि अन्य धेरै स्थानीय तहहरुले जन्मदर्ता, मृत्युदर्ता, नागरिकता सिफारिस लगायत कार्यका लागि रु एक हजारदेखि माथि शुल्क लिँदै अाएकाे भेटिएकाे छ । तर ताेकिएकाे म्याद ३५ दिनभित्र घटना दर्ता नगरेमा भने वडाले रु २५ जरिवाना शुल्क असुल्ने बताएकाे छ ।

No comments