नाङ्गै विरोध गर्ने एक युवक पक्राउ
सिन्धुली भदौ १:
नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा राजधानीमा एक युवाले नाङ्गै प्रदर्शन गरेका छन्। अनामनगरस्थित हनुमानथान अगाडि नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदर माग गर्दै प्रदर्शन गरिएको हो ।
‘जनावर सबै एक हुन्, कानुन सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’, लेखिएको प्लेकार्डसहित ती युवा नाङ्गै सडकमा उत्रेका हुन् । आफूलाई पशु अधिकारकर्मी बताउने बिपिन लिम्बूले एक्कासी कपडा खोलेर सडकमा उत्रिँदै प्रदर्शन गरेको सिंहदरबार बृत्तका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।
उनलाई प्रहरीले तत्कालै पक्राउ गरिसकेको उनले बताए । नाङ्गै प्रदर्शन गर्ने युवालाई अहिले सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ ।


No comments