भदौ १३,१४,१५,गते काठमाडौं मा जाेर विजाेर मात्र सवारी साधन चलाउन पाउने
सिन्धुली भदौ ८:
यही भदौ १४ र १५ गते हुन लागेकाे चौथो बिमस्टेक शिखर सम्मेलनलार्इ लक्षित गरी सरकारले ३ दिन काठमाडाैंका सडकमा अाधा सवारीसाधन चल्न नदिने निर्णय गरेकाे छ । काठमाडाैँकाे सवारी चाप व्यवस्थित गर्न सम्मेलनकाे अघिल्लाे दिनदेखि सम्मेलन सकिने दिनसम्म ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लागू गर्ने बताइएकाे छ ।
भदौ १३, १४ र १५ गते काठमाडौंमा चल्ने निजी र भाडाका सवारी साधनमा जोर विजोर प्रणाली लागू लागू गर्न लागिएकाे हाे । यसाे गर्दा झण्डै अाधा सवारी चल्न पाउने छैनन् । बिमस्टेक शिखर सम्मेलनमा भाग लिन ७ राष्ट्रका राष्ट्राध्यक्ष वा सरकार प्रमुख काठमाडाैँ अाउने भएका छन् । ती ‘विशिष्ट’ पाहुनाहरुको आवतजावत तथा सुरक्षालार्इ ध्यानमा राखी काठमाडाैंकाे सवारी चाप गर्न साे प्रणाली लागू गरिने भएकाे ट्राफिक महाशाखाले जनाएकाे छ ।


No comments