पसल काे बाकस चाेरेर भागदा भिर बाट लडेर मृत्यु
सिन्धुली साउन १९:
एक पसलको सामान चोरेर भाग्ने क्रममा भीरबाट लडेर शुक्रबार लमजुङमा एक जनाको मृत्यु भएको छ । अन्दाजी १९ देखि २० वर्षीको उमे।रका एक युवकको मृत्यु भएको प्रहरी जनाएको छ।
लमजुङ क्वहोलासोंथार–९, छापा बस्ने मरिचमान गुरुङको पसलमा बाकसमा रहेको पैसा चोरेर भाग्ने क्रममा लडेर उनको मृत्यु भएको हो। पसलमा ४ जनाको समूह आएर बाकस चोरेर भागेका थिए।
चोरेर १५ सय मिटर टाढा मध्ये नेपाल नगरपालिका–८, करापुमा रहेको भीरबाट खस्दा उनको ज्यान गएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए। उनी भीरदेखि अन्दाजी ३ सय मिटर तल खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो ।


No comments